काठमाडौँ– ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजदेखि शुरू भएको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर उद्घाट्न गरेका थिए । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका ४२२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल, महिला सिङ्गल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिङ्गल र जुनियर महिला सिङ्गल, पुरुष एक्जुकेटिभ सिङ्गल र डबल्स तथा पुरुष कर्पोरेट सिङ्गल र डबल्स गरी १० स्पर्धामा प्रतिष्पर्धा समावेश गरिएको छ । प्रतियोगिता यही साउन १२ गतेसम्म चल्नेछ । रासस