काठमाडौं– नेपाल ट्रष्टको कार्यालय अन्तर्गत २१ हजार ५ सय ६३ रोपनी जग्गा जमिनको साथै भौतिक संरचना स्वामित्वमा आइसकेको छ । तर जग्गा जमिनको संरक्षण र भौतिक संरचनाको मर्मत सम्भार गर्न आवश्यक बजेट नहुँदा भने ट्रष्टले सास्ती खेप्दै आएको छ ।


ADVERTISEMENT


ट्रष्ट स्थाना भएयता हालसम्म ट्रष्टको कोषमा ६० करोड रुपैयाँ जम्मा भइसकेको छ । कोषमा जम्मा भएको पैसा दुर्गम क्षेत्रको स्वास्थ्य र शिक्षामा लगानी गर्ने उदेश्य लिएको छ ।


ADVERTISEMENT

# # #


तर ट्रष्टको कोषमा जम्मा भएको पैसा कहाँ र कसरी सदुपयोग गर्ने भन्ने विषयमा अहिलेसम्म कार्यविधि नै बनाउन सकेको छैन् । सरकारले समृद्धिको नारा अगाडि सारेको छ । तर ट्रष्टसँग रहेको जग्गा जमिन र भौतिक संरचनाको दिर्घकालिन उपयोगको बारेमा सरकारको अझै पर्याप्त ध्यान दिन सकेको छैन् ।

विक्रम सम्वत २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उनको परिवारको सामुहिक हत्या भएपछि उनीहरुको नाममा रहेको सम्पत्तिलाई ट्रष्ट मातहत ल्याउने निर्णय बमोजिम २०६४ साल मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो । – आजको नेपाल समाचारपत्रबाट