बुटवल– रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ ।


ADVERTISEMENT


प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ ।


ADVERTISEMENT

# # #


जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

‘अब कुनै बहानामा खेतियोग्य जमिन प्लटिङ गर्न पाइने छैन’ उनले भने ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिइने छैनौं।’ – आजको कान्तिपुरबाट