काठमाडौं– प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले विभिन्न कर्पोरेट संस्थाको सहयोगमा ५० हजार राशिसम्मको पुरस्कार वितरण गर्न थालेपछि प्रधान कार्यालयले नियमन गर्न थालेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौं परिसरले बंगलादेश बैंकसँग र ललितपुर पसिरले सिटिजन्स् बैकसँग सम्झौता गरी प्रहरी नियमावलीविपरीत पुरस्कार सुरुआत गर्न थालेका थिए ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार अण्डर कमाण्डलाई उत्प्रेरित गर्न पुरस्कार वितरण गर्न थालिएको बताए पनि प्रहरी नियमावली विपरीत भएपछि प्रधान कार्यालयले त्यसलाई नियमन गरी प्रहरी नियमावलीअन्र्तगत ल्याउन तयारी गरेको हो । – आजको नागरिकबाट