काठमाडौं–बर्षाको कारण पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।


ADVERTISEMENT


पाल्पाको दोभान वडा नं। ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोको कारण मंगलबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


लेदोमाटो र ढुंगासहितको झरेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । केही दिन यता रोकिएको पहिरो मंगलबार दिउँसोदेखि पानी परेका कारण फेरि झर्न सुरू गरेको हो ।

बुधबार बिहानैदेखि पानी पर्न रोकिएपछि पहिरो हटाउन शुरू गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो झरेर सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्गहुँदै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बाग्लुङ, अर्घाखाँचीलगायतका जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।