काठमाडौँ– विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याइयो ।


ADVERTISEMENT

# # #


नेपालको पहिचान सगरमाथा भए पनि सगरमाथाको फोहर र वावातवरणीय समस्याका कारण सगरमाथालगायत अन्य हिमाल जोखिममा पर्दै गएको सरोकारवालाहरुको धारणा थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले लागि सगरमाथा र अन्य हिमालको संरक्षण र सम्वद्र्धन बिना नेपालको पर्यटनले गति लिन नसक्ने बताएका छन् ।

उनले सरकारले सन् २०१८ लाई स्वच्छ नेपाल अभियान शुरु गरिसकेको जानकारी दिँदै सफा सगरमाथाको लागि महाभियान चलाइने उद्घोष गरेका छन् । नेपालको आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले पनि त्यसको असर भोग्न परेको भन्दै मन्त्री बस्नेतले यस विषयमा विकसित राष्ट्रसँग आफ्ना कुरा राख्ने र नेपालले त्यसबाट लिन सक्ने फाइदाबारे सरकारले पहल गर्ने उल्लेख गरेका थिए ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखिममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताएका छन् ।

उनले सगरमाथाको सरसफाइ चुनौतीपूर्ण कार्य भएको बताउँदै आफूहरुले व्यक्तिगत पहलमा फोहर संकलन गर्दै आएको समेत बताए । नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानरु शेर्पाले नेपालको पहिचाननै सगरमाथा भएकाले यसको सफाइ आवश्यक भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनले आफूले सगरमाथा अरोहण गर्दा देखेको फोहरले गर्दा सफा सगरमाथा अभियान शुरु गर्न लागिएको बताए ।

नाटोजका अध्यक्ष शिव अधिकारीले सगरमाथा सफाइ अभियानलाई राष्ट्रियरुपमा अघि बढाइनुपर्नेमा जोड दिएका छन् । रासस