काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि जघन्य तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ ।


ADVERTISEMENT


“आव २०७३/०७४ को तुलनामा २०७४/०७५ मा मुद्दा बढे पनि जघन्य र ठूला अपराध संख्यामा कमी आएको छ,”– परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताएका छन् । आव २०७३/०७४ मा चार हजार ५८२ मुद्दा दर्ता भएको थियो ।


ADVERTISEMENT

# # #


गत आवममा छ हजार ८४१ मुद्दा दर्ता भएका थिए । परिसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, खोटाचलन, ठगी, लागूऔषध, अपहरण, तथा शरीर बन्धक, साइबर अपराधलगायतमा अपराधमा उक्त मुद्दा दर्ता भएका हुन् ।

परिसरका अनुसार सबैभन्दा बढी २०७५ असारमा ८६७ र सबैभन्दा कम २०७४ साउनमा ३८९ मुद्दा दर्ता भएका छन् । परिसरले छ हजार ८४१ मुद्दामा नौ हजार १०२ जनालाई पक्राउसमेत गरेको छ ।

परिसरका प्रमुख पोखरेलले परिसरमा दर्ता भएका मुद्दामध्ये पाँच हजार ९७६ मुद्दाको फछ्र्योट गरिसकिएको र बाँकी ८६५ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको जानकारी दिएका छन् ।

परिसरका अनुसार आव २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा कर्तव्य ज्यान, सुनडाँका, खोटाचलन, ठगी, लागूऔषध, हातहतियार, जबर्जस्ती करणीलगायतका घटना बढे पनि ज्यान मार्ने उद्योग, डाँका चोरी, अपहरण, संगठित अपराध, मानव बेचबिखनलगायतका घटनामा कमी आएको छ ।

यस्तै परिसरले रक्तचन्दन बरामद, पेस्तोल बरामद, जुवाको खालमा रकम बरामद, हुण्डीको रकम बरामद, नक्कली नेपाली नोट बरामद, अवैध भारतीय नोट बरामद, चोरी गरेको मोटरसाइकल बरामद, विश्वकप फुटबल र आइपीएल क्रिकेटमा सट्टेबाजी गर्नेलाई पक्राउसमेत गरेको छ । रासस