एजेन्सी– पाकिस्तानमा आज ११ औं आम निर्वाचन भइरहेको छ ।


ADVERTISEMENT


झण्डै १० करोड ६० लाख मतदाताले संसदको तल्लो सदन र चार प्रान्तका २७२ सांसद चुन्नका लागि मतदान भइरहेको हो । इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो । पाकिस्तानको लोकतन्त्र र चुनाव जहिल्यै केन्द्रमा रहने गरेको छ । यद्यपि, पाकिस्तानमा अहिलेसम्म लोकतन्त्रले राम्रोसँग हुर्किने मौका पाएको छैन ।


ADVERTISEMENT

# # #


चुनावमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पिटिआईले नवाज शरीफको पार्टी पिएमएल–एनलाई उछिन्ने आँकलन गरिएको छ । समग्रममा कम्तिमा ५ प्रतिशत मत ल्याउने पार्टीबीच ७० महिला र अल्पसंख्यकको सिट बाँडिने छ ।

सन् २०१३ मा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज सरिफको पीटीपीएमएलएन ले ५५ प्रतिशत मतले जितेको थियो । सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि दोश्रो पटक निर्वा्चित सरकारले अर्को निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।