एजेन्सी– भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ ।


ADVERTISEMENT


ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो ।


ADVERTISEMENT

# # #


भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । बेहोस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो । घाइते श्रेष्ठका श्रीमानका अनुसार शरीरबाट केही गोली निकालिसकिएको र केही अझै निकाल्न बाँकी छन् । यद्यपी उनी होसमा आइसकेकी छन् ।

गोली चलाएको थाहा पाएपछि अर्का ग्राहकले प्रहरीलाई खबर गरेका थिए। फरार अभियुक्तलाई प्रहरीले केही समयभित्रै पक्राउ गर्न सफल भएको थियो ।

रचना श्रीमान र छोराको साथमा बस्दै आएकी थिइन् ।