काठमाडौं– २६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले उठाएका विभिन्न मागका विषयमा भएको सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीचको वार्ता आज पनि असफल भएको छ । आजै दुईपटक वार्ता भएकोमा कुनै पनि सहमति जुट्न सकेन ।


ADVERTISEMENT


वार्तापछि डा. केसीका प्रतिनिधि अधिवक्ता सुरेन्द्र भण्डारीले सरकार अति नै असवेदनशील भएकाले वार्ता सफल नभएको बताए । त्यस्तै सरकार डा. केसीका मागका विषयमा विषयगत रुपमा प्रवेश नै गर्न नचाहेको पनि उनले बताए । सरकारले विभिन्न समयमा वार्तामा बोलाउने र झुक्याउने काममात्रै गरेको आरोप पनि उनले लगाए ।


ADVERTISEMENT

# # #


अधिवक्ता भण्डारीले आफ्नो तर्फबाट जतिसक्दो लचकता अपाए पनि सरकार आफ्नो कुरामा अडिग भएको बताए । अब कसरी अगाडि बढ्ने र डा. केसीको अनशन के हुने भन्नेबारे छलफल गरेर निर्णय लिइने उनले जानकारी दिए ।