काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दूई शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोती सञ्चालनमा नयाँ शाखा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


बुधबार एक कार्यक्रमका बीच टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । यस्तै कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

उनले कम्पनीले यी दुई शाखासहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी दिए ।

त्यसैगरी कम्पनीको चुक्त पुंजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पु¥याईने जानकारी गराउंदै यस आर्थिक बर्षमा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिए ।

उनले कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको बताए । उक्त आर्जित बीमा शुल्क अघिाल्लो आ.ब.को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमासेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबैलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा स्वास्थ्य बीमामा विषेश जोड दिइने नीति लिएको जानकारी दिंदै सुलभ स्वास्थ्य बीमाको लागि जतिसक्दो छिटो कम्पनीको शाखाहरुमा सम्पर्क गरी यो सेवा लिन पनि सबैलाई आग्रह गरे ।

सोही कार्यक्रमहरुमा प्रमुख अतिथीहरुले कम्पनीलाई शुभकामना दिएका थिए ।