काठमाडौँ– मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो ।यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो।

कसरी गरिनेछ काम ?

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन्।

के हो म्याकबुक ?

म्याकबुक एप्पल कम्पनीको पछिल्लो शृङ्खलाका रुपमा बजारमा आएको ल्यापटप हो । जुन एकदमै हल्का र पातलो रहेको छ ।

म्याक बुक मुल्य

म्याक बुक प्रो १३ इन्चको बजार मुल्य १७ सय ९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । १५ इन्चको मोडेल १९ रुपैयाँ ९९ देखि सुरु हुन्छ । र्याम, प्रोसेसर र स्टोरेज अपग्रेड गर्दा अझ धेरै मुल्य पर्न जान्छ ।