ललितपुर– गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् ।


ADVERTISEMENT


त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ ।


ADVERTISEMENT

# # #


यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् ।

सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो ।

तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो । – आजको कान्तिपुरबाट