परासी– फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र ।


ADVERTISEMENT


हो पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।


ADVERTISEMENT

# # #


उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ ।

‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्यछ’, उनले भने, ‘यो सस्तो मात्र होइन वातावरणमैत्री पनि छ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोकोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ । – आजको कान्तिपुरबाट