काठमाडौँ– आज राति मौसम सक्रिय भर्इ ठूलो पानी पर्ने सम्भावना छ । विशेषगरी मुलुकको मध्य र पूर्वी क्षेत्रमा मौसम सक्रिय रही ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


भारी वर्षाका कारण ती स्थानका स–साना खोलानाला बढ्ने र पहिरो जान सक्ने सम्भावना रहेकाले त्यस्ता स्थानहरुमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


ठुला नदीहरुमा भने बहाब खतरा तहभन्दा माथि जाने देखिँदैन । भोलि र पर्सीसम्मका लागि पनि समान पूर्वानुमान महाशाखाको छ ।