काठमाडौ‌ँ– सुन तस्करीका मुख्य नाइकेमध्येकै मानिएका चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती र तस्करीमा संलग्न अर्का मुख्य अभियुक्त बेनु श्रेष्ठलाई काठमाडौं झिकाउने तयारी अन्तिम चरणमा पुगेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT


मुख्य अभियुक्त गोरे हाल केन्द्रीय कारागारमा छन् । उनका भाइ रमेशलाई असार अन्तिम साता इन्टरपोल मार्फत दुबई (संयुक्त अरब इमिरेट्स) मा पक्राउन गरिएको थियो । दुबईबाट सुन पठाउन उनले भूमिका खेलेको अभियोग छ । उनीसँगै दुबईबाट नेपालमा अवैध सुन पठाउने अर्का अभियुक्त बेनुलाई पनि केही दिनअघ इन्टरपोलमार्फत नै पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका दुवैलाई नेपाल झिकाउन आवश्यक कागजपत्र दुबई पठाइसकिएको गृह स्रोतले जनाएको छ। ३३ किलो सुन तस्करी र सुनका भरिया सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गृहका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष टोलीले नै उनीहरुलाई नेपाल झिकाउन आवश्यक कागजपत्र पठाएको हो ।

सुन तस्करी र हत्याकाण्डको मुद्दा दायर गरिएको मोरङ जिल्ला अदालतको पत्र नोटरी गरेर परराष्ट्र मन्त्रालयमार्फत दुबईस्थित नेपाली दूतावासमा पठाइसकेको स्रोतले बतायो ।

रमेश र बेनुसहित सुन तस्करीका अन्य मुख्य नाइके मानिएका एमके भनिने मोहनकुमार अग्रवाल र हरिशरण खड्कालगायत विरुद्ध गत जून १८ मा रेड कर्नर नोटिस जारी भएको थियो।