एजेन्सी– पाकिस्तानमा इमरान खानको जितलाई भ्रष्टाचार र वंशवादविरुद्धको जनादेशको रुपमा हेरिएको छ । शरीफ र भुट्टो परिवारविरुद्ध भ्रष्टाचारको मुद्दाले इमरान खानलाई मजबुद बनाएको छ ।


ADVERTISEMENT


क्रिकेटरबाट राजनेता बनेका इमरान अब पाकिस्तानका प्रधानमन्त्री बन्ने पक्का भइसकेका छन् । पाकिस्तानको आम चुनावमा अहिलेसम्म आएको मत परिणाममा प्रधानमन्त्रीका उम्मेदवार रहेका इमरान खानको पार्टी पीटीआई अग्रस्थानमा छ । यसका साथै दुनियाँमा यो घटना पहिलो पटक हुँदैछ कि कोहि क्रिकेटर कुनै देशको प्रधानमन्त्री बन्दैछ ।


ADVERTISEMENT

# # #


उनका लागि यहाँसम्मको यात्रा तय गर्नु सहज थिएन । क्रिकेटमा बादशाह भएर फर्किएका इमरानले सन् १९९६ मा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) नामक राजनीतिक पार्टीको स्थापना गरे । पहिलो पटक उनको पार्टीले सिर्फ एक सिट जितेको थियो । तरपनि उनले आफ्नो संघर्ष भने जारी राखे । अन्ततः त्यो दिन आएरै छाड्यो, जसका लागि इमरानले धेरै वर्ष अघिदेखि संघर्ष गरेका थिए । परमाणु हतियारले सम्पन्न पाकिस्तानको प्रधानमन्त्री बन्ने इमरान खानको सपना अब पूरा हुँदैछ ।

अब सवाल यो उठेको छ कि आखिर इमरान खानको जितको सबैभन्दा प्रमुख कारण के हो ? पाकिस्तानी जनता उनलाई किन प्रधानमन्त्री बनाउन चाहन्छन् ? आउनुहोस् चर्चा गरौँ पाकिस्तानको चुनावमा इमरान खानको जितका ६ कारण..।

१. शरीफ परिवारविरुद्ध भ्रष्टाचार गरेको आरोप

पाकिस्तानको वर्तमान राजनीतिमा भ्रष्टाचार सबैभन्दा प्रमुख मुद्दा हो । इमरान खानले अफ्नो चुनावी अभियानका दौरान भ्रष्टाचारको मुद्दालाई जोडतोडका साथ उठाएका थिए । त्यहि बेलामा शरीफ र भुट्टो परिवारका विरुद्ध भ्रष्टाचार आरोप लागेपछि इमरान खानको अभियानलाई बल पुग्यो ।

आम चुनावभन्दा ठीक पहिले पानामा पेपर मामलामा मुछिएपछि नवाज शरीफले प्रधानमन्त्रीको कुर्सी गुमाउनुका साथै जेल जानुपर्यो । यता इमरान खानकोविरुद्ध कुनै भ्रष्टाचार गरेको आरोप छैन । त्यस कारण पाकिस्तानी जनतामाझ उनकी छवि राम्रो बन्न पुग्यो । जसका कारण जनता उनीप्रति आकर्षित भए ।

२. वंशवाद विरुद्धको जनादेश

पाकिस्तानको राजनीतिमा भुट्टो र शरीफ परिवारले लामो समयसम्म शासन गरेका थिए । सेनाको हस्तक्षेपका बावजुत यी दुई परिवारले पाकिस्तानमा सबैभन्दा लामो समय राज गरे ।  यसपटक पाकिस्तानी जनता वंशवादबाट छुटकारा पाउन चाहन्थे । त्यस कारण इमरान खानको जितलाई वंशवादको विरुद्धको जनादेशका रुपमा हेरिन्छ ।

३. सेना र कट्टरपन्थी लडाकूको खुला समर्थन

पाकिस्तानको आम चुनावमा पीटीआईलाई सेनाको खुला समर्थन मिल्यो । चुनावका बेलामा इमरानले पाकिस्तानी सेनाको विरुद्ध कुनै शब्द प्रयोग गरेनन् । पूर्व प्रधानमन्त्री नवाज शरीफलाई उनले सेनालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए ।

त्यस कारण उनी सेनाको नजरमा पनि पहिलो प्राथमिकतामा परे । यसका साथै कट्टरन्थीथी संगठन हरकत-उल-मुजाहिदीन र अलकायदाले पनि इमरानको पार्टीलाई समर्थन गर्यो ।

४. क्रिकेटको साख र  युवाको आकर्षण

पाकिस्तानका युवाहरुमा इमरान खानको एकदमै प्रभाव रहेको छ । किनकी उनलाई पाकिस्तान क्रिकेटका आईकन मानिन्छ । १३ वर्षको उमेरमै क्रिकेट खेल्न सुरु गरेका इमरानले पाकिस्तानका लागि आफ्नो डेब्यू १९७१ मा इङल्याण्डको बर्मिन्घममा घरेलु टिमविरुद्ध १८ वर्षको उमेरमा गरेका थिए ।

करिब दुई दशकसम्म क्रिकेट जीवन जिएका उनले १९८२-१९९२ अर्थात १० वर्ष पाकिस्तानी क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । यति लामो समयसम्म कप्तानी सम्हाल्ने उनी पाकिस्तानका पहिलो ब्याट्सम्यान हुन् ।

उनले १९९२ मा पाकिस्तानका लागि पहिलो र एकमात्र विश्वकप जिताउन सफल भए । जस कारण पाकिस्तानमा इमरानलाई सबैभन्दा सफल खेलाडी र कप्तान मानिन्छ । यही कारण उनीप्रति युवाहरुको रुझान बढी भयो ।

५ . राष्ट्रवादी छवि 

इमरान खान पाकिस्तानमा एक राष्ट्रवादी नेताका रुपमा चिनिन्छन् । देशसंग जोडिएका मुद्दामा उनले खुलेर आफ्नो धारणा राख्ने गरेका छन् । इमरान खानले देशभक्तिको हतियारलाई लिएर नवाज सरीफमाथि प्रहार गरे । जसको फाइदा उनलाई चुनावमा मिल्यो । उनले पाकिस्तानमा अमेरिकी सेनाको दखललाई पनि खुलेर विरोध गरे ।

यसका साथै पाकिस्तानका लागि इमरान खानले पहिलो विश्वकप दिलाएर क्रिकेटबाट सन्यास लिँदै समाज सेवामा उत्रिए । जसको कारण उनी पाकिस्तानमा एक राष्ट्रवादी नेताका रुपमा उदाए ।

६. युवालाई विकासको सपना

इमरान खानले चुनावको बेलामा युवाहरुलाई विकासको सपना देखाएका छन् । वर्तमान समयमा पाकिस्तानमा बेरोजगारी र गरीबी दिन प्रतिदिन बढिरहेको छ । इमरानको विकासको सपना सुनेर युवाहरु उनीप्रति प्रभावित भए ।