काठमाडौं– सबैभन्दा लामो समयसम्म देखिएको चन्द्रग्रहण विश्वका अधिकांश भागमा देखिएको छ । उत्तर अमेरिकाबाहेक अधिकांश मुलुकबाट गएराति चन्द्रग्रहण देखिएको हो ।


ADVERTISEMENT


यो चन्द्रग्रहण एक घण्टा ४३ मिनेट पूर्ण चन्द्रग्रहणका रुपमा रहेको थियो । यो शताब्दीको सबैभन्दा लामो पूर्णचन्द्रग्रहण राति देखिएको हो ।


ADVERTISEMENT

# # #


यो चन्द्रग्रहणलाई ‘ब्लड मुन’ पनि भनिन्छ। खगोलविद्हरुका अनुसार शुक्रबार राति चन्द्रमा आफ्नो कक्षमा पृथ्वी सबैभन्दा टाढा रह्यो । यसलाई लुनर एपोजी पनि भन्ने गरिन्छ । पृथ्वी र चन्द्रमाबीच सबैभन्दा लामो समय सन् १९१४ पछि पहिलो पटक ३ घण्टा ५५ मिनेटसम्म भएको थियो ।

त्यतिबेला १ घण्टा ४० मिनेट पूर्णचन्द्रग्रहण रहेको थियो । सबैभन्दा छोटो चन्द्रग्रहण सन् २०१५ को ४ अप्रिलमा जम्मा ४ मिनेट ४८ सेकेन्डको थियो ।

अब सन् २०२८ को डिसेम्बर ३१ मा अर्थात् न्यूइयर इभमा पूर्णचन्द्रग्रहण लाग्नेछ ।

हेर्नुहोस फोटोमा