बर्दिया– साउन १२ गते बर्दिया जिल्लामा दर्ता कायम रहेका ७ वटा यातायात ब्यवसायी समितिलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार देखि खारेज गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले शुक्रबार गरेको निर्णय अनुसार जिल्ला भित्र रहेका यातायात ब्यवासय संघ सम्बन्धित समितिहरु खारेज गरेको हो ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता कायम रहेको कृष्णसार यातयात ब्यवासायी समिति गुलरिया, कुशुम्बा देवि यातायात ब्यवासायी समिति सानोश्री, टयाक्टर ब्यवसायी समिति गुलरिया, ठाकुरबाबा टयाक्टर ब्यवसायी समिति न्यौलापुर, बर्दिया टयाक्टर ब्यवसायी संघ गुलरिया र सनोश्री टयाक्टर ब्यसायी समिति खारेजीमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारले यातायात क्षेत्रमा भएको सिन्डीकेट हटाउँनका लागि गरेको निर्णय अनुरुपनै बर्दिया जिल्लाको जिल्ला प्रशासन कार्यालय मा दर्ता कायम रहेका यातायात ब्यवासयी समितिहरुलाई खारेज गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङ्गले बताए ।

सरकारले सिन्डिकेट हटाउनका लागि यातायात समिति खारेजकोनिर्णय गरे बमोजिम यसलाई खारेज गरिएको र यस्ता संघ सस्था पुन गठन गरिए वा सञ्चालनमा ल्याउँने प्रयाश गरिए कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङ्गले चेतावनी दिए ।

यसै बिच जिल्ला प्रशासन कार्यालय बर्दियाको खारेजीमा परेको कृष्णसार यातायात ब्यवासायी समितिका अध्यक्ष शम्भु रिजालले गत असार ३२ गरे बसेको मन्त्री परिषको निर्णयबाट देशभर सञ्चालनमा रहेका यातायात सँग सम्बन्धित सँघ सस्थाहरुलाई पौष मसान्त सम्म यथावत रुपमा सञ्चालन हुन दिने र त्यस पछि बन्ने कार्यदलको निर्णयको आधारमा सरकारको निति बन्ने निर्णय भए पनि प्रशासनले पुर्वाग्रही तरिकाबाट समिति खारेज गर्ने निर्णय गरेको आरोप लगाए ।

उनले मन्त्रीपरिषद निर्णय भन्दा पनि जिल्ला प्रशासन कार्यालय ठुलो भएको भए आफुलाई जानकारी समेत नभएको बताए । अहिलेको बहुमतको सरकारमा कसले भनेको मान्ने भन्ने नै पत्ता लगाउँन समेत गाह्रो भएको अध्यक्ष रिजालको भनाई छ । यातायत समिति खारेज भएसंगै व्यवसायीहरुमा अन्योलता छाएको छ ।