काठमाडौं–सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।


ADVERTISEMENT


केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।


ADVERTISEMENT

# # #


एमआरपीमा पासपोर्टवाहकको केहि ब्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको आयोमेट्रिक डाटा राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बाउँछ ।

ई—पासपोर्टमा चिपसहित पासपोर्टवाहकको औठाछाप, आँखाको नानी र तस्विर पनि राखिन्छ । – आजको नागरिक दैनिकबाट