काठमाडौं–आज आठौं अन्तराष्ट्रिय बाघ दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाईदै छ । विश्वकै दुर्लभ जनावरको सूचीमा रहेको बाघ संरक्षणमा जनचेतना जगाउदै बाघ दिवस मनाइदै छ ।


ADVERTISEMENT


राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा बाघको संख्या १ सय ९८ पुगेको तथ्यांक सार्वजनिक गरेपनि वन तथा वातावरण मन्त्रालयले भने बाघको संख्याको विषयमा कुनै पनि तथ्यांक सार्वजनिक नगर्ने तयारी गरेको छ । झण्डै १० करोडको लागतमा १० महिना लगाएर गरिएको गणनामा चितवन निकुञ्जमै बाघको संख्या घटेपछि नकरात्मक सन्देश जाने भन्दै तथ्यांक सार्वजनिक नगर्ने तयारी छ ।


ADVERTISEMENT

# # #


निकुञ्ज विभागको तथ्यांक अनुसार ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । तीमध्ये बढी चितवन निकुञ्जमा १७ वटा मरेका छन् । ११ वटा प्राकृतिक कारणले र अन्य विद्युतीय पासो र विष हालेर मारिएका हुन् ।

बर्दिया निकुञ्जमा पनि प्राकृतिक हिसाबले ११ बाघ मरेका छन् । उता, बर्दियामा अघिल्लोपटकभन्दा बढी बाघ पाइएका छन् । नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य अनुसार संरक्षणको काम भैरहेको सरकारले दावी गरिरहँदा पछिल्लो तथ्यांकले सरकारको योजनामा ह्रास आउने देखिन्छ ।