बुटवल– पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।


ADVERTISEMENT


सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।


ADVERTISEMENT

# # #


भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल-पाल्पा सडक खण्डको हेडबक्स भन्ने स्थानमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

सडक खुल्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।