राजविराज– सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन् । उनले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गरेको नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गरेका हुन् । पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उनले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ । रासस