नेपाल प्रहरीका ‘सिंघम’ डीएसपी प्रदीप क्षेत्री !


ADVERTISEMENT


काठमाडौं – डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई नमुना जिम्मेवारी प्रदर्शन गर्ने प्रहरी अधिकारीको परिचयले चिनिने गरेको छ । जहाँ हुँदा पनि उत्कृष्ट र साहसिक काम गरेर देखाएको कर्तव्यपरायणको सर्बत्र प्रशंसा समेत हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र ल्याउँदा होस्, या २०७२ को महाभूकम्पको प्रलयमा होस्, डिएसपी क्षेत्रीको बहादुरीपन नेपाल प्रहरीकै गौरव बन्ने गरेको छ ।


ADVERTISEMENT

# # #


भौरहवामा रहँदा पेट्रोलियम पदार्थको अवैध ओसार प्रसार र भण्डारणलाई पर्दाफास गरेका उनले धेरै सम्मान र उत्कृष्टताका पुरस्कारहरु प्राप्त गरिसकेका छन् । कतिपय प्रोत्साहन र बक्सिसहरु त उनले राज्यलाई नै सुम्पिने गरेका पनि छन् । आँफु रहेका विभिन्न ठाउँमा सुन्दर कार्यालय र अनुशासन बनाउने गरेका क्षेत्रीले प्रहरीवृत्त कालिमाटीको नेतृत्व गर्दै गर्दा समेत वाहावाही पाईरहेका छन् ।

नेपाल प्रहरीका ‘सिंघम‘ डीएसपी क्षेत्री सुखी नेपाली र समृद्ध नेपालको अवधारणा साकार बनाउन देशका सच्चा पहरेदार बनेर उदाईरका छन् ।

 

डिएसपी क्षेत्रीका नमुना मूल्यांकनका कामहरु

–बिभिन्न मिति र स्थानमा टोलटोलमा प्रहरी कार्यक्रम संचालन गरी बिभिन्न स्कुलका बिधार्थीहरु र स्थानीय सर्वसधारणहरुलाई लागु औषध नियन्त्रण, मानव बेचबिखन, बाल श्रम, महिला हिंसा र ट्राफिक व्यवस्थापन लगायतका बिषयमा जानकारी गराउने उदेश्यले जनचेतना मुलक कार्यक्रमहरु समेत सञ्चालनमा ।

–विभिन्न सास्कृतिक, राजनैतिक, धार्मिक, स्वदेशी बिशिष्ट ब्यक्तिहरुको सवारी र अन्य कार्यक्रमहरुमा मजकुर कार्यालयबाट तयार पारिएका सुरक्षा योजना बमोजिम जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा ब्यवस्था मिलाउन सफल ।

–नेपाल सरकार तथा बिभागीय नीति निर्देशन, मजकुर महानगरी प्रहरी कार्यालय, प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख, अधिकृतहरु समेतबाट समय समयमा भएको निर्देशनलाई अक्षरस पालन गरी यस कार्यालय अन्तर्गतको वडा एरियामा योजना बद्ध एवम प्रभावकारी प्रहरी परिचालन गरी जिम्मेवारी क्षेत्र भित्र दिन तथा रातको समयमा हुने घटनाहरु नियन्त्रण गरी कुनै पनि अप्रिय घटना घटन नदिई शान्तिपूर्ण स्थितिमा राख्न सफल ।

–मिति २०७४ असोज र कार्तिक महिनामा परेका दशैँ, तिहार र छठ जस्ता ठूलो पर्वको अवसरमा कलंकी, बल्खु जस्ता उपत्यका प्रवेश गर्ने र बाहिरीने प्रमुख नाकाहरुमा यात्रुहरु नठगिउन, नलुटिउन भन्ने उदेश्यले प्रदान गरिएको सुरक्षाका कारण कुनै पनि घटना हुन पाएन ।

यस कार्यालयको वडा एरियामा रहेको सोल्टी क्राउन प्लाजामा बिभिन्न मिति र समयमा आउने विदेशी तथा स्वदेशी बिशिष्ठ व्यक्तिहरुको भरपर्दाे सुरक्षा ब्यवस्थामा सफलता ।

– शान्ति सुरक्षाको स्थिती लाई सामान्य अवस्थामा कायम राख्न यस क्षेत्रमा हुन सक्ने गम्भिर प्रकृतीका विवाद तथा समस्यालाई समाधान गर्न आफ्नो क्षेत्र भित्रका सबै तहका व्यक्ति, अन्य सरोकारवाला संघसंस्थाहरु सँग निरन्तर समन्वय गरी कार्य सम्पादन गरेको ।

– विभिन्न सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गरी सडक बिस्तार तथा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाई स्थानीय स्तरमा हुने विकास तथा निर्माणका कार्यमा सहकार्य गरी महत्वपूर्ण भुमिका निर्वाह गरेको ।

– मिति २०७४ सालमा भएको स्थानीय तह र प्रतिनिधि सभाको चुनावमा यस कार्यलयको वडा एरियामा पर्ने बुथ केन्द्रमा स्थानीय स्वयम सेवक ,प्रतिनिधिहरुसँग समन्वय गरी कुनै किसिमको अप्रिय घटना घटन नदिई चुनाव शान्तिपर्ण रुपले सम्पन्न गराएको ।

– राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरको कर्भड हलमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको बिभिन्न प्रतियोगितामा भरपर्दो सुरक्षा ब्यवस्था मिलाई कुनै पनि अप्रिय घटना घटन नदिएको ।

–विभिन्न मितिमा यस कार्यालय तथा मातहत समेतको वडा एरियामा आगलागि हुँदा समयमै मजकुर कार्यालयमा जाहेर गरी आवश्यकता अनुसार दमकल मगाई यस कार्यालयबाट प्रहरी टोली समेत परिचालन गरी आगलागि नियन्त्रणमा लिई कुनै पनि मानविय क्षति हुन नदिएको ।

– बैदेशिक रोजगार बिभागमा बिदेश जानको लागि आउने सेवा ग्राहिहरुलाई बिमा गराईदिने नाममा मेनपावर कम्पनी, बिमा कम्पनी र बैदेशिक रोजगार बिभागको समेतको मिलोमतोमा ठगि गरी बिदेश पठाउने गरेको बिशेष सुचनाको आधारमा छानबिन गर्दा बैदेशिक रोजगार बिभाग श्रम कार्यालय ताहाचल काठमाण्डौमा कार्यरत शाखा अधिकृत दिलिप कुमार अधिकारी र प्रईम लाईफ ईन्स्योरेनस कम्पनी लिमिटेडका अध्यक्ष समेत ९ जना उपर मुद्दा चलाईएको ।

बिभिन्न मितिमा संचालन भएको आईएलटीएस ,ईपीएस र बीबीएस को परीक्षा दिने नक्कली परीक्षार्थी र प्रश्न पत्र आउट गर्ने ३५ जना लाई पक्राउ गरी मुद्धा चलाएको र अन्यलाई आवश्यक कारवाहीको लागि मजकुर कार्यालयमा पठाईएको ।

यस कार्यालयको वडा एरियामा हुने कुटपिटको प्रमुख कारणको रुपमा रहेको घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अन्तर्गत बिभिन्न मिति र समयमा यस कार्यालय तथा मातहतको वडा एरियाका भट्टी पसलहरु बाट १८००० लिटर अबैध घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने साधन नियन्त्रणमा लिई नष्ट गर्नको लागि मजकुर कार्यालयमा पठाईएको ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटामा २ वटा स्ट्रिङ्ग अपरेसन र ३ वटा कार्य सम्पन्न गरी प्रतिवेदन पेश गरेको ।

यस कार्यालयको वडा एरियामा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले गुण्डागर्दी तथा श्रंम कार्यालयमा आएका सेवा ग्राहीलाई दुःख हैरानी दिने ६३७ जनालाई के.सा.अ. बिभिन्न समान सहित चोरी गर्ने २७ जनालाई चोरी मुद्धा ,ठगी गर्ने ६ जनालाई ठगी मुद्धा , सिमेन्टमा प्रतिवोरा ३ के.जी. कमि गरी बेच्ने १ जना र समानको म्याद गुजारी बेच्न राख्ने १ जना गरी २ जनालाई कालो बजार मुद्धा ,नक्कली पैसाको कारोबार गर्ने १ जनालाई खोटाचलन मुद्धा तथा बिभिन्न मुद्धाहरुमा चक्कु प्रहार गरी फरार रहेको १३ जना, चेक अनादर मुद्धामा फरार १ र बैँकिङ्ग कसुरमा मुद्धामा फरार रहेको १९ जना र कर्तव्य गरी फरार रहेका ५ जना प्रतिवादीहरुलाई बिभिन्न मितिमा पक्राउ गरी आवश्यक कारवाही गरीएको र बैदेशिक रोजगार मुद्धामा १० जना फरार प्रतिवादीलाई पक्राउ आवश्यक कारवाहीको लागि गरी बैदेशिक रोजगार बिभाग पठाईएको छ ।

विभिन्न मितिमा कार्यालय प्रमुखको आदेश अनुसार विदेश र छिमेकी राष्ट्र भारतबाट भन्सार छली गरी आउदै गरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई राखि भन्सार छली गरि विभिन्न प्रकारका कुर्ता सुरुवाल, साडी, टँप्स, लेडिज जुत्ताहरु तथा औषधीहरु समेतका सामान, अं.२७० ग्राम सुन र डेढ के.जी चाँदी तथा हुण्डी कारोबार गर्ने २१ जनालाई अबैध नेपाली नगद रु. ५६,९६,५६०।– र भारतीय नगद रु ३,००,००० सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग, भन्सार विभागमा पठाईएको ।

बिभिन्न मितिमा लागु औषध ओसार प्रसार, सेवन र खरीद विक्री गर्ने ५० जनालाई नुर्फिन २०४९ एम्पल , फेनारगन–२१६५ डाईपाम–२०९१, नाईट्राभेट–५१८ लुपिजोसिम २२६ ,ट्रमा २४२४,ट्रिड १४२ पिस र स्पास्मो १६५ पिस २१३० कफटयाप म्, १६०० स्टगन–२५,११२० डिकोलिक टयाब्लेट सहित पक्राउ गरी अवश्यक कारवाही गरीएको ।

विभिन्न मिति र स्थानवाट यस कार्यलय तथा मातहतमा विगत लामो समय देखि संचालनमा आएका जुवा तास, ओखर,कौडा खेलाइने स्थान पहिचान गरी जुवा तास, ओखर, कौडा खेल्ने र खेलाउने २१४ जना लाई नगद ३४,१७,२७३ सहित पक्राउ गरी कानुनी दायरामा ल्याईएको ।

यस कार्यालय क्षेत्र भित्र पर्ने वडा एरियामा हुने सामाजिक कुरितिको रुपमा रहेको वेश्यवृति लाई नियन्त्रण गर्ने अभियान अन्र्तगत वेश्यवृतिमा संलग्न महिला ८ पुरुष १५ बिभिन्न मिति र समयमा पक्राउ गरी मानव वेचबिखन तथा के.सा.अ. मुद्धा चलाई सामाजिक कुरीति बिरुद्ध अभियान थालनी गरेको ।

म.न.प्र.प्रभाग स्युचाटारको स्थाई रुपमा जग्गा नरेकोले सो प्रभागको लागि बिभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा प्रतिनिधि, बुद्धिजिवि र स्थानीय भद्र भलाद्मीहरुलाई भेला गराई वडा नं. ९ मा जग्गा उपलब्ध गराउने निर्णय अन्तिम चरणमा पुगेको ।

टोलटोलमा प्रहरी अभियान अन्तर्गत कार्यक्रम संचालन गरी बिभिन्न मिति र स्थानमा बिभिन्न स्कुलका विधार्थीहरु र स्थानीय सर्वसधारणहरुलाई लागु औषध नियन्त्रण, मानव बेचबिखन ,बाल श्रम ,महिला हिंसा र ट्राफिक ब्यवस्थापन लगायतका विषयमा जानकारी गराउने उदेश्यले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको ।

यस क्षेत्रका बिद्यालय र कलेजका सम्पूर्ण प्राचार्य ,प्रधानाध्यापक ,बिधार्थीहरुसंग प्रहरीको काम कार्य शान्ति सुरक्षा एवंम सहभागिता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएको हुँदा नागरिकहरुबाट यस कार्यालयको प्रहरी कर्मचारीहरुले राम्रो पृष्टपोषन प्राप्त गरेको।

बिभिन्न मिति र समयमा यस कार्यालय तथा मातहत समेतमा बेवारीसे अवस्थामा उम्रेको अं. ५००० गाँजाको बोटहरु नष्ट गरीएको ।

मिति २०७५।०२।२२ गतेका दिन विश्व वातावरण दिवसको उपलक्ष्यमा का.जि. टेकु स्थित र का.जि. कलंकी मन्दिर देखि का. जि. सोल्टीमोड सम्म बोट बिरुवाको अं. २०० बृक्षारोपन कार्यक्रम गरिएको ।

प्रो एक्टिभ पोलिसिङको अवधारणा अनुरुप बिगतका तुलनामा चोरी, लुटपाट, लागुऔषध ओसार प्रसारका घटनामा उल्लेखित रुपमा नियन्त्रण गर्न सफल ।

यस कार्यालय तथा मातहत प्रहरी कर्मचारीहरुको गुनासो, आचरण व्यवहार जस्ता आन्तरिक विषयहरुलाई समेत गोप्य रुपमा बुझी प्रहरी कर्मचारीहरुको गुनासो व्यबस्थापन तथा आचरण व्यबहार सुधार्ने कार्य गर्दै आएको र प्रहरी कर्मचारीको मनोबल उच राख्न २६ जनालाई पुरस्कृत गरी आचरण बिपरीत ,अनुशासनहिन कार्य गर्नेलाई निरुत्साहित गर्न २४ जना प्र. क. हरूलाई कसुर अनुसार कार्वाही गरेको ।

७ वर्ष पहिला देखि नेपाल खानेपानी संस्थानकोे पैसा बाँकी रहेकोले यो कार्यालय कालो सुचिमा परको हुँदा सो बाँकी रहेको रु.२,९८,००० तिरी नयाँ धारा समेत जडान गरी हप्तामा ७००० लिटर पानी आउने वातावरण मिलाईएको ।

यस कार्यालयमा कार्यरत प्र.क.हरुको दैनिक सरसफाईको लागि पानीको अभाव भएकोले कालिमाटी तरकारी बजारको प्रमुख सँग समन्वय गरी सोही बजार बाट पानीको पाईप जडान गरी पानी उपल्बध गराई सरसफाईमा ब्यवस्थापन गरेको तथा प्रहरी कर्मचारीको लागि शुद्ध खानेपानीको २ बटा केन्ट मिनरल आरओ, १ वटा ठूलो फिल्टर जडान गरीएको ।

बिभागीय नीति निर्देशन, मजकुर कार्यालयको आदेशको पूर्ण पालना अपराध अनुसन्धान, लागु औषध बेचबिखन ,चोरी, ठगि ,गुण्डागर्दी नियन्त्रण र कार्यालय तथा मातहतको जग्गा व्यवस्थापन आदि कार्य गरेकोले कार्य लगनशिलताको मुल्याङ्कन गरी मजकुर कार्यालयबाट २०७५ साल बैशाख महिनाको काठमाण्डौ अवार्डबाट पुरस्कृत हुन सफल भएको ।

सवारी दुर्घटना न्युनिकरण गर्न सार्वजनिक सवारी साधनका सवारी चालक तथा सहचालकहरुलाई बिशेष कार्यक्रमहरु संचालन गरी सवारी दुर्घटना न्युनिकरण गर्न नियमित चेकजाँच तथा अन द स्पट चेतनामुलक कक्षाहरु गरि टिफरवाट सवारी दुर्घटना वढि हुने हुदा टिफर रोकि चेक जाच गर्ने गरिएको साथै कागजपत्र नभएको टिफर सहित ४० जना टिफर चालक नियन्त्रणमा लिई आवश्यक कारवाही गरेको ।

म.न.प्र.प्रभाग बल्खुको भवन निर्माण कार्य पुरा नभएकोले सो भवन निमार्ण कार्य पुरा गराई यस कार्यालय तथा मातहत कार्यालयको ब्यारेक तथा भवन चुस्त दुरुस्त राखी सरसफाई तथा रङ्ग रोगन गराएको ।

यस कार्यालयको वडा एरियमा संभावित घटना रोकथामको लागि बनाईएका संरचनाको आधारमा सि.आर.भि, क्यु.आर.टी, मो.सा.गस्ती, साईकल गस्ती परिचालन गरी आवश्यकता अनुसार मर्मत गराई सहि तरिकाले संचालनमा ल्याईएको तथा बिगत लामो समय देखि बल्खु सि.आर.भि गाडी बिग्रेको हुँदा सो गाडी मर्मत गराई हाल संचालनमा ल्याएको ।

विभिन्न मिति र समयमा यस कार्यालय तथा मातहतको वडा एरियामा स्थानीय, बिद्यालय, प्रतिनिधिहरुसँग समन्वय गरी टोलटोलमा प्रहरी कार्यक्रम अन्तर्गत स्थानीय सर्वसधारणलाई लागु औषध नियन्त्रण, मानव बेचबिखन,बाल श्रम, महिला हिंसा र ट्राफिक ब्यवस्थापन लगायतका विषयमा जानकारी गराउने उदेश्यले ¥याली कार्यक्रम सम्पन्न गरिएको ।

मातहत प्रहरी कर्मचारीहरुको गुनासो आचरण ब्यवहार जस्ता आन्तरिक बिषयहरुलाई समेत गोप्य रुपमा बुझि प्रहरी कर्मचारीहरुको गुनासो ब्यवस्थापन तथा आचरण ब्यवहार सुधार्ने कार्य गर्दै आएको ।

बिभिन्न मितिमा यस कार्यालय तथा मातहत समेतको वडा एरियामा आगलागि हुँदा समयमै मजकुर कार्यालयमा जाहेर गरी आवश्यकता अनुसार दमकल मगाई यस कार्यालयबाट प्रहरी टोली समेत परिचालन गरी आगलागि नियन्त्रणमा लिई कुनै पनि मानवीय क्षति हुन नदिएको ।

बिभिन्न मिति र स्थानमा टोलटोलमा प्रहरी कार्यक्रम संचालन गरी बिभिन्न स्कुलका विधार्थीहरु र स्थानीय सर्वसाधारणहरुलाई लागु औषध नियन्त्रण, मानव बेचबिखन, बाल श्रम, महिला हिंसा र ट्राफिक ब्यवस्थापन लगायतका विषयमा जानकारी गराउने उदेश्यले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको ।

विभिन्न मिति र समयमा यस बृत मातहतमा पर्ने खोला किनारका बल्खु तथा टेकुको सुकुम्बासी बस्तिमा पानीको वहाब बढी हुन गई थप क्षेती हुन सक्ने मुल्याङ्कन गरी स्थानीय ,बिपद ब्यवस्थापन ,अन्य सुरक्षा निकाय ,अस्पताल आदि सँग समन्वय गरी जिउ धनको क्षती हुन नदिई स्थानीयको उद्धार कार्य गरिएको ।

२०७४।०८।१४ गते २ ग्राम ब्राउन सुगर र नगद ३००० सहित १ जनालाई र मिति २०७५।०१।१२ गते कालिमाटीबाट ५ ग्राम खैरो हिरोईन सहित १ जनालाई पक्राउ गरी आवश्यक कारवाही गरेको ।

२०७४।१०।२६ गते का.जि.का.म.न.पा.वडा नं.१४ कलंकीमा र मिति २०७५।०१।०८ गते कालिमाटीमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

२०७५।०२।२० मा का. जि. का. म. न. पा. १४ खसिबजार स्थित सिद्धिगणेश पार्टी प्यालेसको पछाडी बिकोई बिल्डर्सले बनाउदै गरेको एडमान्स ईन्जिनिएरिङ कलेजको भवनमा काम गर्ने क्रममा जगतराम थारुको खुट्टा मिक्चर मेसिनले च्यापिईकोले निजलाई सकुशल उद्धार गरीएको ।

चोरी लुटपाट आपराधिक घटनाहरु एवंम लागु औषध नियन्त्रण लगायतका कार्यहरुमा बिभिन्न समयमा स्थानीय ब्यक्तिहरुसंग अन्तरक्रिया घरदैलो कार्यक्रम एवंम सचेतना कार्यक्रमहरु संचालन हरी अपराध न्युनिकरणमा महत्वपूर्ण भुमिका निभाएको मूल्यांकन छ ।