काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसी अपराधी भएकाले कारबाही हुनुपर्ने माग गरेकी छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बैठकमा चिकित्सा शिक्षा विध्येयकमाथिको छलफलमा बोल्दै सांसल चौधरीले डा केसीको अनसनका कारण अस्पताल बन्द हुँदा बिरामीको उपचार नपाएर ज्यान गएको भन्दै डा केसीलाई कारबाही गर्न माग गरेकी हुन् ।


ADVERTISEMENT

# # #


‘दाङको लमही नगरपालिका वडा नं १ का ‘हेपाटाइटिस बी’ का बिरामी गोविन्द चौधरीलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालले भर्ना नगर्दा ज्यान गएको छ । यस्ता धेरै उदाहरण छन् । यसको जिम्मेवारी कसले लिने ? डा केसीले कि नेपाली कांग्रेसले ?’ उनले प्रश्न गरिन्, ‘त्यसकारण म सरकारसंग अनुरोध गर्न चाहन्छु, डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’

यस्तै उनले देश संघियातामा गइसकेकाले मेडिकल खोल्ने या नखोल्ने भन्नेबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताइन् ।