काठमाडौं– श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्ने प्रकृया थालनी शुरु गरिसकेको छ ।


ADVERTISEMENT


पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ ।


ADVERTISEMENT

# # #


२०६९ सालमा करिब १ करोड ५० लाख रुपियामा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको हो । समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो ।

सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भने । सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ ।

नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट(टायरा), एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको छ । – आजको नेपाल समाचारपत्रबाट