काठमाडौं–डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ ।


ADVERTISEMENT


सरकारले संसद्‌मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो ।


ADVERTISEMENT

# # #


आइतबार २ बजे सैद्धान्तिक छलफल सकिएलगतै विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको गणना सुरु भएको छ ।

केसी र सरकारबीच बिहीबार राति उपत्यकाभित्र मेडिकल कलेज खोल्न १० वर्षसम्म नयाँ आशयपत्र नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायतका विषयमा सहमति भएको थियो । सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा यी कुरा नपरेकाले केसीले २७ दिनसम्म आमरण अनशन बसेका थिए ।

केसीसँग भएका सहमतिका बुँदा समेटेर सरकारले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा. केसीबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्मा पठाइसकिएको बताए । – आजको कान्तिपुर दैनिकबाट