काठमाडौं–खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ । एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन् ।


ADVERTISEMENT


फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे ।


ADVERTISEMENT

# # #


तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो ।

विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन् ।

त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाई दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीकहाँ पुग्छन् ।

सबै कुरा बुझेपछि क्षेत्री उड्डयन सुरक्षा नियमअनुसार कारबाही अघि बढाउन निर्देशन दिन्छन् । – आजको नागरिक दैनिकबाट