काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ ।


ADVERTISEMENT


पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन यही जेठ १२ गतेदेखि भेला तथा प्रशिक्षण सुरु भइसकेको छ ।


ADVERTISEMENT

# # #


पार्टीलाई सफलता दिलाउने उद्देश्यले सो कार्यक्रम निर्धारित समय सीमामा सम्पन्न गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई निर्देशन दिइएको छ । पार्टीका शीर्ष नेता तथा पदाधिकारीको सहभागितामा जिल्ला जिल्लामा हुने कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागीबाट आएका रणनीतिक रुपमा महत्वपूर्ण वैचारिक सुझावका आधारमा नयाँ चुनावी रणनीति तयार पारिनेछ ।

अब निर्वाचन हुने ४१ जिल्लामा विभिन्न दलसँग तालमेल गर्ने जिम्मेवारी पनि ती जिल्ला कार्य समितिलाई दिइएको छ । त्यसैगरी, सम्बन्धित जिल्लाका सम्पूर्ण केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्यरुपले जिल्लामा रहेर क्रियाशील रहने गरी खटाउन निर्देशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्यरुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचारप्रसार कार्यमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीका अनुसार तुलनात्मक रुपमा सङ्गठन कमजोर देखिएका जिल्लामा सम्भावित दललाई सहयोग गरिने र पार्टीको सम्भावना भएका स्थानमा अन्य दलसँग सहकार्य गरी तालमेल गरिनेछ ।