बाजुराको कोल्टीमा नेपाली सेनाको एनए जेरो फोरएड कल साइन भएको (स्काइ भ्यान) विमान दुर्घटना  हुँदा पाइलटको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।


ADVERTISEMENT


कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।


ADVERTISEMENT

# # #


तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

दुर्घटना भएको नेपाली सेनाको विमान

उद्दार गर्दै नेपाली सेना, म्यादी प्रहरी लगायत ।