काठमाडौं– सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनामा भएको निकासा तथा रकमान्तरण विवरणमा नागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमका लागि सेट निर्माणबापत २० लाख रकमान्तर गरिएको उल्लेख छ ।

सरकारी कार्यालयमा विभिन्न शीर्षकमा छुट्याइएको बजेटभन्दा बाहिर खर्च गर्नुपर्ने भएमा रकमान्तर गर्ने गरिन्छ । – आजको कान्तिपुर दैनिकबाट