एजेन्सी– एउटा कुकुरको मृत्युपछि अहिले इटालीका जनता दु:खी छन् । सामाजिक सञ्जालमा अहिले त्यहाँका नागरिक उसंग जोडिएका यादहरु शेयर गरिरहेका छन् ।


ADVERTISEMENT


कुकुरका मालिकले जर्मन सेर्फड कुकुर काओसको मृत्यु भएको कुरा फेसबुकमा सार्वजनिक गरेपछि त्यहाँका लाखौँ मानिसले श्रद्धाञ्जली दिए । कुकुरका मालिक फाबियानो इटोरका अनुसार उनको कुकुरको मृत्यु विषका कारण भएको हो ।


ADVERTISEMENT

# # #


इटोरले भावुक भएर लेखेका छन्, ‘मसँग कुनै शब्द छैन । मैले यस्तो निन्दनीय कार्य किन गरियो भनेर बुझ्न सकेको छैन । उ बिहान दुई बजेसम्म जिवितै थियो र भुकिरहेको थियो ।’

कुकुरका मालिक फाबियानो इटोरको फेसबुक पोस्टलाई करीब ६६ हजार मानिसहरुले सेयर गरेर उसलाई श्रद्धाञ्जली दिएका छन् । ट्वीटरमा पनि ५० हजार भन्दा धेरैले ‘नायक कुकुर’को सम्झनामा ट्वीट गरेका छन् ।

के थियो करामत ?

सन् २०१५ मा जन्मिएको काओसले २०१६ मा इटालीमा गएको भूकम्पमा केही मानिसको ज्यान बचाएको थियो । यस प्राकृतिक विपत्तिमा ठूलो संख्यामा मानिसको ज्यान गएको थियो । भूकम्पले भत्किएका संरचनामा दबिएका मानिसलाई काओस्ले खोजी गरेर निकालेको थियो ।

त्यसपछि इटालीका मानिसले यसलाई ‘हिरो डग’को नाम दिएका थिए ।

कुकुरको मृत्यु हुनु एक दिन पहिले गत शनिवार इटोरले फेसबुकमा कुकुर हराएको बताएका थिए । यस्तै उनले कसैले उक्त कुकुर फेला पारेमा आफूलाई जानकारी गराउन अपिल गरेका थिए ।

तर त्यसपछि इटोरले काओसको मृत्युको खबर पोष्ट गर्दै लेखे, ‘तिमिले दिन रात समान बनाएका थियौ । खासमा तिमी एक असल मित्र थियौ । मेरो मित्र दौडिरहू, नरोकिऔ’

दोषीमाथि कारबाहीको माग

पशु अधिकारकर्मीहरुले उसको हत्यारालाई खतरनाक अपराधीको संज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

एनिमलिस्ट इटालियानीका प्रवक्ता रिनाल्डो सिडोलीले भनेका छन्, ‘उनीहरुले देशको नायकलाई मारेका छन्, उद्धारकर्ताहरुसँग मिलेर उसले चार घन्टासम्म आफ्नो पञ्जाले खोतलिरहृयो र धेरै मानिसको सकुशल उद्दार गरेको थियो ।’

त्यस्तै राजनीतिज्ञ इलारिया फोन्टानाले लेखेका छन्, ‘हामीले दोषीलाई पत्ता लगाएर कारबाही गर्नेछौं । यो अस्विकार्य छ र ती मानिस जसले पशुको सम्मान गर्दैनन् उनीहरु दण्डित हुनैपर्छ ।’

इटोरले भावुक भएर लेखेका छन्, ‘त्यहाँ पनि आफ्नो काम जारी राख्नु, जो मानिसहरु हराएका छन् उनीहरुलाई खोजिरहनु र जिन्दगी बचाइहरनु ।’