काठमाडौँ– राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट गतसाता राजीनामा दिएसंगै राष्टपति भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न एकसाताको समय दिएकी थिइन् ।


ADVERTISEMENT


राष्ट्रिय सहमतिको सरकारका लागि समय आज सकिएपछि राष्ट्रपति भण्डारीले अब बहुमतिय प्रक्रिया शुरु गर्न संसदलाई आव्हान गर्नेछिन्। अन्तिम दिनसम्म सहमतिय सरकार बन्ने कुनै संभावना देखिएको छैन ।


ADVERTISEMENT

# # #


सहमतिय सरकार निर्माणको पहलका लागि भन्दै हिजो बोलाइएको सर्बदलीय बैठक प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेको थियो । सरकारको नेतृत्व गर्ने तयारी गरेको नेपाली कंग्रेसले आज थप छलफल गर्ने जनाएको छ ।