काठमाडौँ –सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असार ९ गते गर्ने भनिएको चुनाव असार १४ गते गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले जानकारी दिए।


ADVERTISEMENT


सोमबारको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको थियो।


ADVERTISEMENT

# # #


असारमा मुस्लिम धर्मालम्बीको रमजान अन्तर्गतको अन्तिम शुक्रबार भएको भन्दै चुनाव सार्न पर्ने माग उठेपछि सरकारले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति सारेको हो।  प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

असारमा मुस्लिम धर्मालम्बीको रमजान अन्तर्गतको अन्तिम शुक्रबार भएको भन्दै चुनाव सार्न पर्ने माग उठेपछि सरकारले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति सारेको हो।