काठमाडौँ– महाअभियोगको मुद्दालाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध गर्ने संकेतपछि संसद् बैठक अझैपनि बस्न सकेको छैन । निर्धारित ११ बजेका लागि तय संसद बैठक एमालेकै अलमलले रोकिएको हो।


ADVERTISEMENT


एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारूढ दलले लगाएको महाभियोग प्रस्ताव संसदबाटै फिर्ता नलिएसम्म संसद चल्न नदिने बताएको छ। सरकारले महाभियोग प्रस्ताव फिर्ता लिने विषयमा अलमल गरेको एमालेको निष्कर्ष छ।


ADVERTISEMENT

# # #


यसैबीच भरतपुर महानगरपालिकाको मतगणना बिथोल्ने र पुनःमतदान गराउने नियतबस सत्तारूढ दलका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै त्यसको विरोध पनि गर्ने भएको छ। बजेट भाषणपछि पहिलोपटक आज बस्न लागेको संसद बैठकमा एमालेले भतरपुर प्रकरण लोकतन्त्र र निर्वाचन पद्दतिमाथिको आक्रमण भएको भन्दै यो प्रक्रिया टुंगो नलागी सदन चल्न नदिने सम्भावना रहेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भरतपुरको पुनःमतगणना अघि नबढेसम्म संसद अवरुद्ध हुन सक्ने बताए ‘हामीले निर्णय त गरिसकेको छैनौ, तर भरतपुर घट्ना नसच्याए संसद अवरोध हुनसक्छ। यो एउटा पद्धती विरुद्धको घटना हो। त्यसैले मतगणना तुरुन्त हुनुपर्छ, नेम्बाङले भने।

सत्तापक्षले महान्यायाधिवक्तासँग सल्लाह गरेरै कानुनको दफा हेरेर मतपत्र च्यातेको हुनुपर्छ। यसलाई हामीले संसदमा उठाउँछौ र यो प्रक्रिया नटुंगिएसम्म सदन चल्न नदिने सम्भावना हुने उनले बताए।