काठमाडौँ– प्रमुख प्रतिपक्ष नेकपा एमालेले आजपनि संसद अवरोध गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन ध्यानाकर्षण गराउँदै एमालेले संसद अवरोध गरेको हो ।


ADVERTISEMENT


एमालेले संसद अवरोध गरेपछि भोलि जेठ १८ गते बीहिबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । संसदमा बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको मतगणना पुःन सुचारु गर्न ध्यानाकर्षण गराएका थिए।


ADVERTISEMENT

# # #


पाण्डेले भरतपुरमा फेरी चुनाव गराए गलत नजिर बस्ने भएकाले त्यसो नगर्न आग्रह गरेका थिए। यदी निर्वाचन भए निर्वाचन आयोगले पाँच वर्षसम्म परिणाम नआउने निर्वाचन गराइरहनुपर्ने र हार्ने परिस्थिति आए मतपत्र च्यात्न दल उत्प्रेरित हुने भएकाले घातक हुने बताए। च्यातिएका मतपत्र पनि जोडेर हेर्न सकिने आयोगले निर्देशिका बनाएको र त्यसैअनुरुप मतगणाना तत्काल सुचारी गर्न उनले आग्रह गरे।

संसदमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गरेकी थिइन् । अाजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको अार्थिक वर्ष २०७४/०७५ को बजेटबारे छलफल गर्ने कार्यसूची थियो।