काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् ।


ADVERTISEMENT


सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भने । लगत्तै उनले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।


ADVERTISEMENT

# # #


त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, उनीहरूलाई बस्न आग्रह गर्दै सभामुखले ‘आजका लागि समय दिन सकिनँ’ भन्दै बीमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्री युवराज खतिवडालाई समय दिएपछि कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

त्यसपछि गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरूद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धी प्रस्तुत गरे।

संसदको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ । ।