काठमाडौं– रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजना अन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT

# # #


एस ५ रुट अन्तर्गत नयाँ बसपार्क(रत्नपार्क(सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको हो ।

सरकारले ुमास ट्रान्सपोर्टुलाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलोपटक एस ५ रुट कार्यान्वयन हुन लागेको हो ।

उपत्यकाम हाल करिब ३ सय संघ संस्था समिति मातहतमा १०/१२ हजार सवारी दर्ता भइ सञ्चालन हुँदै आएका छन् । – आजको कारोबारबाट