काठमाडौं– प्रमुख प्रतिपक्षको बहिस्कारकाबीच संसद सञ्चालन भएपछि नेपाली काङ्ग्रेसले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ ।


ADVERTISEMENT


शुक्रबार ११ बजेपछि बस्ने बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल र रणनीति बनाउन बैठक बोलाएको काङ्ग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालका अनुसार दलको बैठकको निर्णय अनुसार आज बस्ने संसद बैठक पनि बहिस्कार गर्ने या नगर्ने भन्ने टुङ्गो लाग्नेछ ।

‘संसदीय व्यवस्था मानिसकेपछि त्यसका न्युनतम मूल्य र मान्यता हुन्छन् ति मान्यताहरुविपरित कोही पनि जानुहँुदैन भन्ने हाम्रो भनाई हो । हिजो जसरी प्रमुख प्रतिपक्षका हैसियतमा हामीले बैठक बहिस्कार गरेपछि पनि बैठक चल्यो त्यो संसदीय परम्पराविपरित छ । यसबारे दलको बैठकमा गम्भीर छलफल हुन्छ,’ सचेतक भुषालले भनिन्, ‘हाम्रो दायित्व यसबारे सत्तापक्षलाई सचेत गराउने पनि हो । ’