काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले २१७ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनायो । नेपालको लागि २ सन पूरा गर्नका लागि सोमपाल कामीले अविश्वसनीय प्रदर्शन गरे ।


ADVERTISEMENT

# # #


कप्तान पारस आउट भएपछि आठौँ नम्बरमा मैदान छिरेका सोमपालले ३८ बलमा नै ५१ रन पूरा गरेका हुन् । ३ छक्का र ५ चौकाको मदतमा ४६ बलमा ६१ रन बनाउँदै आउट भए ।

यस्तै कप्तान पारस खड्काले ६५ बलमा ५० रन पूरा गरे । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।
यसअघि नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमायो। दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, ज्ञानेन्द्र मल्ल १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए । त्यस्तै, आरिफ सेख १६, रोहित कुमार पौडेल ६ रनमा आउट भएका थिए ।

सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

नेपालले केहीबेरमा बलिङ थाल्दैछ ।