भक्तपुर– शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, पुनर्निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थित सहर निर्माणलगायतका क्षेत्रमा गरेका नमुना कामहरू हेर्न देशभरका जनप्रतिनिधि अहिले भक्तपुर नगरपालिकाको अवलोकनमा आउन थालेका छन् ।


ADVERTISEMENT


गैरसरकारी संस्था निषेध
कामभन्दा प्रचार धेरै गर्ने, स्थानीय सूचना विदेशसम्म पुर्याउने भन्दै नगरपालिकाले एनजिओको उपस्थिति शून्यमा झार्ने नीति लिएको छ । मल्लकालीन एक सम्पदाको नक्सा बेलायतको लाइब्रेरीमा भेटिएपछि सूचना चुहिने निष्कर्ष नगरपालिकाले निकालेको हो ।


ADVERTISEMENT

# # #


सिसडोल डम्पिङसाइटमा थोरै मात्र समस्या आउँदा काठमाडौं र ललितपुर महानगर मात्रै होइन, बनेपा नगरपालिकासमेत फोहोरले दुर्गन्धित बन्छ । काठमाडौं उपत्यकाका अन्य स्थानीय तहको हालत पनि उस्तै छ, भक्तपुर नगरपालिकाबाहेक । स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ । – आजको नयाँ पत्रिकाबाट