काठमाडौँ– वरिष्ठ साहित्यकार जितासिंह बुढामगरको ‘हामी कसरी जिउँछौँ’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।


ADVERTISEMENT


विभिन्न ४८ शीर्षकमा मानव समाजको शास्त्रीय विकासको इतिहास, सभ्य मानव समाज, प्रजातन्त्र तथा गणतन्त्र, सन्तान, स्वास्थ्य, दमन तथा विभेद, धर्म सांस्कृतिक परम्परा र त्यसको समायोजनजस्ता विविध विषयमा लेखिएका उक्त पुस्तक अहिलेका युवापुस्ताका लागि महत्वपूर्ण रहेको छ ।


ADVERTISEMENT

# # #


सो पुस्तकको शनिबार विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ नर्वदेश्वरी सत्यालले नेपालजस्तो पिछडिएको समाजमा जनचेतना अभिवृद्धि गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गरेका छन् ।

उनले शिक्षा नै धन भएकाले शिक्षाबाट नै समाजमा परिवर्तन गर्न सक्ने भन्दै यस्ता पुस्तकबाट नेपाली साहित्य भण्डारमा एउटा इँटा थपिएको धारणा राखेका थिए ।

पुस्तकका लेखक जितासिंह बुढामगरले नेपालमा सामाजिक क्षेत्रमा रहेको विकृतिलाई आफूले पुस्तकमा केलाएर विचारको अनुभव पस्कँदै पाठकसमक्ष पुस्तक ल्याएको बताएका छन् ।

नेपाल मगर संघ काठमाडौँ जिल्ला अध्यक्ष गौरबहादुर आलेमगरले युवालाई शिक्षाको माध्यमबाट देश विकासमा लाग्न पुस्तकले प्रेरणा दिने विचार व्यक्त गरेका छन् । रासस