काठमाडौं– ग्यारेथ बेलको गोलको मद्दतमा रियल मड्रिडले मैत्रिपूर्ण खेलमा युभेन्टसलाई हराएको छ । यो खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबविरुद्ध मैदान उत्रिएका थिएनन् ।


ADVERTISEMENT


खेलमा युभेन्टसले उपहार गोलमार्फत अग्रता लिएको थियो । १२ औं मिनेटमा मड्रिडका ड्यानी कार्भाजलले आफ्नै पोष्टमा गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, बेलले ३९ औं मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सेरुमा नै मड्रिडलाई अग्रता दिलाएका मार्को एसेन्सिओले ५६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

गत महिना मात्र रियल मड्रिडबाट युभेन्टस गएका रोनाल्डो भने खेलेका थिएनन् ।