काठमाडौं–नेपाली युवा स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै क्यारेबियनतर्फ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


नेदरल्याण्ड्सविरुद्ध नेपालले खेलेको ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भएर उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका हुन् ।


ADVERTISEMENT

# # #


क्रिस गेलको कप्तानीमा रहेको सीपीएलको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दिपलाई क्लबले ५ हजार डलरमा अनुबन्ध गराएको हो ।

आगामी भदौको पहिलो साता मलेसियामा हुने एसिया कप छनोटमा नेपालका तर्फबाट खेल्न सीपीएलका पाँच खेलपछि उनी जाने भएका छन् ।

यसै सिजनमा आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दिपको अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा व्यस्तता बढेको छ । यसअघि क्यानेडियन लिग खेलेका उनले बिश्व ११ बाट समेत खेल्ने मौका पाएका थिए ।

हालै सन्दिपले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा महत्वपूर्ण चार विकेटसमेत लिएका थिए ।

पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दिपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए ।