काठमाडौं–रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ । आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउन सक्ने प्रावधान राखिएको छ ।


ADVERTISEMENT


त्यस्तै, काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।


ADVERTISEMENT

# # #


रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

यस्तै जुन उद्देश्यका लागि सरकारबाट सहायता लिएको हो त्यही प्रयोजनमा खर्च गर्नु पर्नेछ । अन्यत्र खर्च गरे सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि गरिएको छ । –आजको कान्तिपुर दैनिकबाट