काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले क्यूआर कोड मार्फत भुक्तानी सेवा संचालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।


ADVERTISEMENT


सोहि क्रममा बैंकले क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको बताएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन्। क्यूआर कोड मार्फत भुक्तानी गर्नको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


१. मर्चेन्टले मोबैंक मर्चेन्ट एपबाट अनुरोध भुक्तानी विकल्प प्रयोग गरि क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरि सोहि क्यूआर कोडमा मोपेमेन्ट विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।

२. मर्चेन्टले भुक्तानी काउण्टरमा क्यूआर कोड भएको स्टिकर पनि राख्न सकिनेछ जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।

यो सेवा नेपालमा सुरु गर्ने एनआईसी एशिया पहिलो बैंक हुनुको साथ—साथै यो सेवाबाट व्यवसायी तथा ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने र उक्त स्मार्ट फोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको जनाएको छ ।