काठमाडौँ– साउनको तेस्रो सोमबारको अवसरमा सातदोवाटो स्थीत चक्रपथबाट नजिकै सप्तेश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ हजारौ भक्तजनहरुले दर्शन गरेका छन्।


ADVERTISEMENT


हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यहि श्रावण १४ गते देखि सुरु भएको महायज्ञ २४ गते समापन गरिने छ ।


ADVERTISEMENT

# # #


समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना र कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले बताए ।

शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक पं. ज्यो. रवीन्द्र पराजुलीले बताए।

यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै, झाकिहरु शिव तान्डव नित्र्य पनि प्रस्तुत गरिएको छ । पं. ज्यो. रविन्द्र पराजुलीले श्रामण महिनामा शिवपुराण श्रवण गरि पुण्य लिन भक्तजनहरुलाई आग्रह गरे । एघार दिन सम्म सञ्चालनमा रहने यस यज्ञको आज आठौ दिनको सोमवार पनि भएकाले दर्शनार्थी भक्तजनहरु आउने क्रम बढिरहेको सञ्चालक समितिका कोषाध्यक्ष विश्णु घिमिरेले बताए ।

यस मन्दिरमा शिवपुराण श्रवण गर्न आउने सबै भक्तजनहरुको लागि बस्न, प्रसादि ग्रहण गर्ने लगायतका सम्पुर्ण व्यवस्थापन गरिएको सञ्चालक समितिका सचिव स्याम राउतले जानकारी दिए । आगामि २३ गते लक्ष्यवर्ती पुजा र लाखबत्तीको कार्यक्रम भएकाले ईच्छुक भक्तजनहरुलाई पुजामा आउन सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले जानकारी दिए ।