काठमाडौं– प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।


ADVERTISEMENT


बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।


ADVERTISEMENT

# # #


आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

जबकि आईतबार राती नौ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गर्दै छोरा अपहरणमा परेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो ।

समयमै प्रहरीले सूचना पाए पनि अपहरणकारीको पञ्जाबाट निशानलाई किन मुक्त गराउन सकेन ?

निशानको डेराबाट उनको हत्या भएको स्थान मुस्किलले केही किलोमिटरको दुरीमा पर्छ । मान्छेको चहलपहल हुने र बाक्लो बसोबास रहेको क्षेत्रमा लगेर अपहरणकारीले निशानलाई लुकाएको र फिरौती पनि असुल्न नसकिने, घटना पनि सार्वजनिक हुने डरले हत्या गरिएको देखिन्छ ।

सूचना पाएको १५ घन्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमीको नगदेशस्थित श्याम लवटको घर निर्माणका लागि खनेको जगको खाल्डोमा मृत फेला पारेको थियो । – आजको कान्तिपुर दैनिकबाट