काठमाडौं– बजारमा काजु किन्न पाईन्छ । तर अन्यको तुलनामा अलि बढी महङ्गो हुन्छ । प्रकृतिका हरके उत्पादनका आ–आफ्नै महत्वहरु छन् । आज हामी तपाईलाई काजुको महत्व जानकारी गराउँदैछौँ ।


ADVERTISEMENT


जसरी काजु बजारमा महङ्गो मुल्यमा किन्नु पर्छ,त्यसरी काजुका फाईदा पनि मुलयवान नै छन् ।


ADVERTISEMENT

# # #


यी हुन काजु खानुका फाईदाहरु:

१. काम नगरिकनै तपाईलाई थकान महशुस हुन्छ अथवा काम गर्ने मन नै लाग्दैन भने काजु खानुहोला । त्यसले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउने छ ।

२. काजुमा पाईने प्रोटिनले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुने हुन्छ ।

३. काजुमा पाईने एकप्रकारको तेलमा भिटामिन–बी प्रचुर मात्रामा हुने भएकाले दिमाग तेजिलो नाउने गर्छ ।

४. युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

५. काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुने भएकाले रक्तचाप नियन्त्रित अवस्थामा रहने हुन्छ ।

६. हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आउँछ ।

७. काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ । त्यसमा पाईने तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउन सहयोग समेत गर्छन् ।

८. काजु खाएमा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।

९. काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । जसले गर्दा हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ ।