काठमाडौँ- राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सरकार गठन हुँदा आफूहरुसँग गरिएको सहमति पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सरकार चयनमा मतदान नगर्ने बताएका छन् ।


ADVERTISEMENT


व्यवस्थापिका–संसद्को आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले भने – “हाम्रो पुरानो ऋण चुक्ता हुन बाँकी छ । पहिला त्यो चुक्ता हुनुपर्छ ।” गत साउन १९ मा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दल तथा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच संविधान संशोधनलगायतका विषयमा तीनबुँदे सहमति भएको थियो ।


ADVERTISEMENT

# # #